सञ्जीब भन्दैछन् ‘तारेमाम’ (भिडियो)

संगीत । गायक सञ्जीब सिंहको स्वरमा ‘तारेमाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द छ । गायक सञ्जीब सिंहले सार्वजनिक गरेका ‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता गीतहरुले सर्वाधिक चर्चा पाएका थिए ।

स्टेरियो रेकर्डको प्रस्तुतिमा तयार भएको ‘तारेमाम’ बोलको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश थापाको छायांकन, विकास धमलाको सम्पादन छ । यो गीतमा गायक सिंहले काठमाण्डौको एक रैथाने यूवकको कथा बोलेका छन् । भिडियोमा निर्देशक खड्काले काठमाण्डौको रहनसहन, भेषभुषा र संकृतीलाई प्रस्तुत गरेका छन् ।

कमेन्ट गर्नुहोस्