हेरिटेज अफ फेसन नेपाल सिजन २ हुने

0 Shares

फेशन । असाप इन्टरटेनमेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन २ आयोजना गर्ने भएको छ । मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक आमा र तीन जन्तु जस्ता फिल्मका निर्माता सन्तोष अधिकारी हुन् । उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहने उनले जनाए । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको हो ।

गतवर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो । भने, यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ । पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्