दर्शकले रुचाए ‘भिजिट भिसामा’ (भिडियो)

फिल्म । मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर ३ मा पर्न सफल भएको छ । यो न्युज तयार पार्दासम्म ५ लाख ४० हजार भ्युज सहित नम्बर ३ मा रहेको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।

गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्