विदेश । धेरै युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण फ्रान्समा पुनः बढ्दो छ । दोस्रो पटक संक्रमण बढ्दै गएपछि फ्रान्स सरकारले देशभर लकडाउन लागु गरेको छ । पूरै नोभेम्बर महिनासम्म रहने बताइएको लकडाउन दोस्रो चरणको हो । शुक्रबार फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।
लकडाउनमा पनि स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छन् । फ्रान्समा गत मंगलबार मात्रै ३३ हजार नयाँ संक्रमित फेला परेका थिए । दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै राष्ट्रपतिले यो पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्





