थप १ सय ६६ मा कोरोना संक्रमण पुष्टी

देश । गत २४ घण्टामा नेपालमा गरिएको कोरोना भाइरस (कोभिड १९) परिक्षणमा थप १ सय ६६ जनामा संक्रमण रहेको पुष्टी भएको छ । आइतबाट नियमित मिडिया ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाले पछिल्लो २४ घण्टाको अपडेट गराएका हुन् । नयाँ संक्रमितमा १ सय ६६ थपिएसँगै नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । हालसम्म पिसिआर विधि मार्फत ६९ हजार ५ सय ८२ जनाको परिक्षण गरिएको छ भने आरडीटि विधि मार्फत १ लाख ११ हजार १ सय ९ जनाको परिक्षण गरिएको छ ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा एक जना महिला डिस्चार्ज भएकी छन् । मकवानपुरकी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । यससँगै कोरोना संक्रमणलाइ जितेर निको हुनेको संख्या २ सय २० पुगेको छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ६५ , प्रदेश नम्बर २ मा ६ सय २४ , बागमती प्रदेशमा ४५ , गण्डकी प्रदेशमा २३ , प्रदेश नम्बर ५ मा ५ सय ६० , कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा २७ मा कोरोना संक्रमण पुष्टी भएको छ । यसैगरी नेपालमा कोरोना भाइरसको कारण ८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्