विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेलको फाइनलमा दिल्ली क्यापिटल्स प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान पक्का गरेको हो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १ सय ८९ रन जोड्यो । १ सय ९० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र जोड्यो।
जितसँगै दिल्ली आइपिएलको फाइनलमा पहिलो पटक पुगेको हो । उपाधिका लागि दिल्लीले मंगलबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता मुम्बईले भने पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








