अमेरिकामा संक्रमित र मृतक बढी

Photo : Al Zajeera

विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देश लकडाउनमा छ । यो महामारीलाई रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वका अधिकांस देश लकडाउनमा छ । तर , पछिल्लो समय चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी संयुक्त राज्य अमेरिकामा बढ्दो छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।

साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्