फिल्म । अर्जुन कपूरपछी उनकी प्रेमिका तथा डान्सर मलाइका अरोरालाई पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ । पछिल्लो समय रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर’ जजको भूमिका निर्वाह गर्न सेटमा फर्किएकी मलाइकामा टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको उनकी बहिनि अमृता अरोराले बताएकी छिन् ।
टाइम्स अफ इण्डियाका अनुसार मलाइकाले आफुलाई घरमै सेल्फ आइसोलेसनमा राखेकी छिन् । उनमा कुनै लक्षण नदेखिएको बहिनी अमृताले प्रस्ट्याएकी छिन् । अर्जुनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछी मलाइकाले टेस्ट गराएकी थिइन् । उनमा कोरोना भाइरसको संक्रमण देखिएसँगै एक्ट्रेस नोरा फतेही , कोरियोग्राफरहरु गीता कपूर , टेरेन्स लेविस , शक्ति मोहन , राघव जुयालसँगै इन्डियाज बेस्ट डान्सरका प्रतिष्पर्धी र होस्ट भारती र उनका पति हर्ष पनि ट्रेसीङमा परेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












