बोगटीको निधनले फिल्मनगरी ‘स्तब्ध’

काठमान्डौ । कलाकार सँघका अध्यक्ष रामकेशर बोगटीको निधनको खबरले फिल्मनगरीनै स्तब्ध भएको छ । यससँग जोडिएका अधिकाँसले सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गरिरहेका छन् भने उनको पार्थिव शरीरलाई पोष्टमाडमको लागि यतिबेला पाटन अस्पताल पुर्याइएको छ । उनको छोरा अमेरिका रहेकाले उनि नआउदा सम्म अन्तेष्टि भने नहुने बुझिएको छ । ‘अस्पतालमा फिल्मकर्मी आउने भिड बढ्दो छ’ अस्पतालमा रहेका निर्देशक वसन्त निरौलाले बताए । यसकारण घट्यो दुखद घटना टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो । रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल बोगटी माथि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो ।
कमेन्ट गर्नुहोस्