संगीत । गायक दीपक वज्राचार्यले युनिसेफसँगको सहकार्यमा तयार पारेको कोरोनाबारे एउटा सन्देशमूलक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रिक्की शाक्यको शब्द र दीपककै संगीतमा रहेको छ भने उनलाई गायनमा छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् । सार्वजनिक गीतको म्यूजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे समेत प्रस्तुत गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सुरक्षित रहन, सद्भाव राख्न र एक रहन सबैलाई आह्वान गरिएको छ । गीतमा टाढै बसेर साथ दिन आग्रह गर्दै दीपकले कोरोनाविरुद्धको लडाइँमा नआत्तिन आग्रह गरेका छन् । गीतको भिडियोलाई दीपककै छोरी चेरिसाको कन्स्पेटमा तयार पारिएको हो भने यसलाई मनोज भेलेले छायाँकन गरेका हुन् । भिडियोलाई रिक्की शाक्यले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












