आमिरको डेट सलमानलाई ?

फिल्म । कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले विश्वनै ठप्प छ । भाइरसको महामारीलाई रोक्न सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले लकडाउन अहिले विश्वका अधिकांस देशमा छ । हलिउड र बलिउडका कयौँ प्रोजेक्ट रोकिएका छन । यसपटक इदमा बलिउडका भाइजान सलमान खानको फिल्म आउँन सकेन । किनकी भारतमा पनि लकडाउन छ ।

यसैले गर्दा सलमानले आफ्नो फिल्मलाई अर्को डेट हेरिरहेका छन् । उनले फिल्मलाई क्रिसमसमा ल्याउने सोच बनाएका थिए । तर , त्यो डेटमा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ थियो । यद्दपी पछिल्लो समय सलमानलाई बाटो खुलेको छ । किनकी आमिरले फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने सोच बनाएका छन् । उनले फिल्मो बाँकि रहेको काम र कोरोना भाइरसको असरलाई हेर्दै फिल्मलाई सन् २०२१ को कुनै डेटमा ल्याउने सोच बनाएका छन् ।

यसैले गर्दा सलमानले आफ्नो फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ लाई उक्त डेटमा सजिलै रिलिज गर्न सक्नेछन् । फिल्ममा सलमान एक्सन अवतारमा देखिनेछन् । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानको फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्