देश । केहि दिनयता सर्लाहीमा कोरोना संक्रमितको संख्या बढ्दो छ । परिक्षण बढाएसँगै संक्रमितको संख्या बढेको हो । सर्लाहीमा गएको २ दिनमा २८ संक्रमित थपिएका छन् । शुक्रबार १५ र शनिवार विहान १३ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका हुन् । सर्लाहीमा रामनगर गाउँपालिका बहुअर्वा गाउँकै १८ वर्षिया युवती ,धनकौल गाउपालिकामा एकजना १४ वर्षिय बालक, हरिपुर्वा नगरपालिकामा वडा नं ३ धनकौलमा एकजना ४५ वर्षिय व्यस्क, हरिवन –९ नयाँरोड डेरा गरी बस्ने उदयपुरको त्रियुगा नगरपालिका का ३४ वर्षिय र बागमती–९ शंकरपुर सोल्टी बस्ने २७ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी केहि अगाडी नै भएको हो ।
शुक्रबार विहान सर्लाहीमा एकै पटक १५ जना संक्रमित थपिए । गोडैता नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ८ बस्ने ३४ वर्षिय पुरुष, वडा नं. ९ बस्ने १८ वर्षिया महिला, वडा नं. १२ बस्ने ३८ वर्षिय पुरुष र वडा नं. ११ बस्ने २५, ३२, २७, २५, २२, ३८, ३८, २४, ३५ वर्षिय पुरुषहरु गरी जम्मा १३ जना र एक जना रामनगर गाउँपालिका बहौर्बाको गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो । संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएका थिए । एक जना सक्रमित भने नगरपालिकामा फेला परेका छैनन् ।
यसैगरी शनिवार विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञाप्तिमा सर्लाही १३ संक्रमित थपिएको जनाईएको छ । सर्लाहीमा गोडैता र कविलासी नगरपालिकामा १८ , २० , २० , २० , २१ , २२ , २३ , २६ , २६ , २८ , ३३ , ३५ , ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । गोडैतामा १२ र कविलासीमा १ संक्रमित शनिवार विहान थपिएका हुन् । गाेडैता न.पा.काे वडा नं. २ मा १ जना, वडा नं. ३ मा १ जना,वडा नं. ६ मा १ जना, वडा नं. ८ मा २ जना, वडा नं. ११ मा ६ जना र वडा नं. १२ मा १ जना गरी जम्मा १२ जना संक्रमित थपिएका छन् । यसैगरी कविलासि न.पा. काे वडा नं.१ मा भेटिएको एक संक्रमित भने काठमान्डौमै बसोबास गर्छन् । उनले काठमान्डौबाट आफ्नो परिक्षण गरेका थिए । संक्रमित बढेसँगै गोडैता सिल गरिएको छ । यहाँका सम्पूर्ण वडा सिल गरिएको नगरपालिकाले जानकारी दिएको छ ।








