लकडाउन जेठ ५ गतेसम्म

फाइल तस्विर

देश । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । वैशाख २५ गतेसम्म घोषित लकडाउनलाई लम्ब्याउने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।

मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको कारण लकडाउन लम्ब्याइएको बताइएको छ ।

त्यसो त हिजो मंगलवार कोरोना भाइरसको संक्रमण मुक्त भएका तिन जनाको पुनः परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सरकार झनै सतर्क भएको छ । काठमान्डौमा कोरोना भाइरस संक्रमित नभेटिएको अवस्थामा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ । गत चैत्र ५ मा बेलायतबाट नेपाल आएका उनीमा वैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्