अभिनेता मल्लको संयोजकत्वमा समिति गठन

देश । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ ।

गठित समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि एवं सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर गरिएको छलफलले समिति गठन गरेको हो ।

बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा बसाल्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानहरुलाई आह्वान गर्ने भएका छन् ।

कमेन्ट गर्नुहोस्