विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार भएको खेलमा सनराइजर्स हौदरावादले किंग्स-११ पञ्जावलाई सहजरुपमा पराजित गरेको छ । हैदरावादले ६९ रनको जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन जोड्यो । २ सय २ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाव १६.५ ओभरमा १ सय ३२ रनमै अलआउट भयो। जितसँगै हैदरावाद ६ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । अंक तालिकाको पुछारमा रहेको पञ्जावले अहिलेसम्म ५ खेलमा हार बोहोर्दा एक खेलमा मात्र जित निकालेको छ । आइपिएलमा शुक्रबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। (एजेन्सी)
कमेन्ट गर्नुहोस्









