सिरिज । पछिल्लो समय लकडाउनले गर्दा सबै ठप्प छ । गत वर्षको डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देश लकडाउनमा छन् । एक मानिसबाट अर्को मानिसमा भाइरस सर्ने भएकाले पनि विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार सामाजिक दुरी कायम गर्न लकडाउन गरिएको छ । यो समयमा वेब सिरिजले भने चर्चा पाइरहेका छन् । सामाजिक सञ्जालमा एकले अर्कालाई विभिन्न वेब सिरिज हेर्न सुझाई रहेका छन् । पछिल्लो समय विभिन्न डिजिटल माध्यममा वेब सिरिजहरु रिलिज हुने गरेका छन् । आउनुस् , चर्चा गरौ पछिल्लो समय चर्चामा रहेका केहि वेब सिरिजको बारेमा ।
असुर
पछिल्लो समय चर्चामा रहेको सिरिज मध्य अग्रपंक्तिमामा छ , असुर । क्राइम , मिष्ट्री र थ्रिलर श्रेणीमा राखिएको यो सिरिजले धेरै दर्शकको मन जितिरहेको छ । सिरिजमा देखाइएको कथा नयाँ त छैन तर यसको प्रस्तुतीकरण भने अन्य भन्दा भिन्न छ । क्राइम गर्नुको कारण र क्राइम गर्ने शैली भने अन्य सिरिजको तुलनामा केहि फरक छ । यसलाई ओनी सेनले निर्देशन गरेका हुन् । अरसद वारसी , बरुण सोवित , अनुप्रिया गोइंका , रिधी डोग्रा लगायतको अभिनय रहेको सिरिज हेरिसकेपछि यसको दोस्रो सिजन नकुर्ने कमै हुन्छन् । यसले भारतमा भएको विभिन्न स्थानको हत्या सुल्झाउन लागिरहेका एफबिआइको कथा भन्छ ।
द फ्यामिली म्यान
मनोज बाजपायी अभिनित सिरिज ‘द फ्यामिली म्यान’ पछिल्लो समय चर्चामा छ । एक व्यक्ति कसरि पारिवारिक दायित्वसँगै आफ्नो कर्म पुरा गर्छ भन्ने विषयमा कथा केन्द्रीत छ । मनोज टास्कका सिनियर अफिसर हुन्छन् । उनले आफ्नो देशलाई बचाउन गर्ने संघर्ष र परिवार प्रति निर्वाह गर्ने दायित्वलाई सिरिजमा देखाइएको छ । यसलाई राज निदिमोरु र कृष्णा डीकेले निर्देशन गरेका छन् । यसमा मनोजसँगै प्रियामानी , शारिब हास्मी , निरज माधव , किशोर कुमार , पवन चोपडा , सुदीप किसन लगायतको अभिनय रहेको छ । इन्डियामा आतंकवादीले गर्न खोजेको एक ग्यास अट्याकको बिषयमा सिरिज केन्द्रित छ ।
द फाइनल कल
अर्जुन रामपाल अभिनित ‘द फाइनल कल’ पनि पछिल्लो समय चर्चामा छ । सेना हुँदै पाइलट बनेका अर्जुनको माध्यमबाट सिरिजको कथालाई देखाइएको छ । उनले उडाउने लास्ट फ्लाइटको कथालाई सिरिजमा इन्गेजिंग तरिकाले प्रस्तुत गरिएको छ । अन्जानमा हुने गल्ती र त्यसले निम्त्याउने प्रस्थितिमै सिएइज केन्द्रीत छ । सैनिक अर्जुनले किन जागिर छोडेर प्राइभेट प्लेन उडाउने पाइलट बन्छन र किन उनि मृत्यु चाहन्छन भन्ने तथ्य सिरिजको आकर्षण हो । यसमा अर्जुनसँगै नीरज काबी , हर्सद अरोरा , अनुप्रिया गोइंका , जावेद जाफेरी , साक्षी तन्वार लगायतको अभिनय रहेको छ । यसलाई विजय लाल्वानीले निर्देशन गरेका हुन् ।
समान्तर
पछिल्लो समय रिलिज भएको सिरिजमा समान्तर पनि चर्चामा छ । एक व्यक्तिले सफलता पाउन नसकेपछि भविष्य जान्न चाहन्छ । तर , उसको भविष्य एक व्यक्तिसँग मिल्छ । त्यसपछि उसले त्यहि खोज्न थाल्छ । कथा यसमै केन्द्रित छ । यसलाई राम्रो रिभ्यु मिलेको छ भने यसमा स्वप्निल जोशीको कामको तारिफ पनि गरिएको छ । यसमा स्वप्निलसँगै नितिश भारद्वाज , कृष्णा भारद्वाज , तेजस्विनी पण्डित , गणेश रेवडेकर , जयन्त स्वारकर लगायतको अभिनय रहेको छ । यसलाई सतिश राज्वाड़ेले निर्देशन गरेका हुन् ।
स्पेसल ओपिएस
नीरज पाण्डेको विशेषता नै इण्डो-पाक स्टोरी हो । स्पेसल ओप्स यस्तै छ । भारतमा पार्लामेन्टमा भएको अट्याकमा यो केन्द्रित छ । नीरज पाण्डे तर शिवम नैरले मिलेर यो सिरिजको निर्देशन गरेका छन् । सन् २००१ मा भएको अट्याकमा आधारित सिरिजले फिल्मकै झल्को दिन्छ । अट्याकमा आएका सबै आतंकवादी पक्राउ पर्छन् तर योजनाकार भने फरार हुन्छन् । उक्त योजनाकारलाई नै पक्राउ गर्ने मिसनमा सिरिज केन्द्रित छ । असमा केके मेनन , मुज्जमिल इब्राहिम , करण टेकर , सना खान , विपुल गुप्ता , सैयामी खेर , मेहर बिज , दिव्या दत्त , विनायक पाठक लगायतको अभिनय रहेको छ ।










