आमिरको गुपचुप सहयोग

फिल्म । पछिल्लो समय बलिउड सेलिब्रेटी कोरोना भाइरस (कोभिड १९) को कारण खाद्यान्न अभावमा रहेका प्राविधिकलाई सहयोग गर्न अगाडी आइरहेका छन् । बलिउडका खिलाडी एक्टर अक्षय कुमारले २५ करोड सहयोग गरिसकेका छन् । यसैगरी सलमान खान , शाहरुख खान र अमिताभ बच्चनले पनि आफ्नो किसिमले सहयोग गरिरहेका छन् । केहिले सहयोग गरेको सामाजिक सञ्जालमा जानकारी गराएका छन् भने केहिले गुपचुप सहयोग गरेका छन् ।

गुपचुप सहयोग गर्नेमा पर्छन् , बलिउडका मिस्टर पर्फेक्टनिष्ट आमिर खान । उनले दैनिक मजुदिर गर्ने प्राविधिकलाई सहयोग गरेका छन् । यसैगरी भारत सरकारले खडा गरेको फन्डसँगै प्रान्त सरकार र केहि एनजीओलाई समेत आमिरले सहयोग गरेका छन् । तर , उनले यसलाई सामाजिक सञ्जालमा भने सार्वजनिक गरेका छैनन् । उनले सहयोग त गरे तर , गुपचुप । उनि विना कामको हल्ला नचाहने बताउछन् ।

आमिरको वर्कलाइफको कुरा गर्ने हो भने उनि पछिल्लो समय लाल सिंह चड्डामा व्यस्त छन् । टम ह्यांक्सको ओस्कार विजेता फिल्म ‘फरेस्ट गम्प’ को रीमेक रहेको फिल्म ‘लाल सिंह चड्डा’ मा आमिरले लिड रोल गरेका छन् । पछिल्लो समय सोसल ड्रामामा रुचाइएका आमिर ‘ठग्स अफ हिन्दोस्तान’ मा भने दर्शक र समीक्षकको तारिफ पाउँन सकेका थिएनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्