‘आरआरआर’ को मोसन पोस्टर आउट (भिडियो)

फिल्म । निर्माण समय देखि नै फिल्म ‘आरआरआर’ पर्खाइमा छ । बाहुबली सिरिजपछि निर्देशक एसएस राजमौलीले निर्देशन गरेको फिल्म भएकोले पनि पर्खाई हुनु स्वाभाविक नै हो । ‘बाहुबली’ सिरिज मार्फत भारतमा मात्र नभई विश्वभर चर्चामा रहेका निर्देशक राजमौलीले नयाँ फिल्म ‘आरआरआर’ अर्थात् ट्रिपल आरमा जुनियर एन्टीआर र राम चरणलाई लिएर काम गरेका छन् ।

पछिल्लो समय टलिउडका दुई ठुला स्टार एकसाथ काम गरेको यो ठुलो फिल्म हो । त्यसो त निर्देशक राजमौली पनि आफैमा एक ब्राण्ड बनिसकेका छन् । सायद यसैकारण यसफिल्मको स्याटेलाइट र डिजिटल राइट्स एक सय बत्तीस करोडमा बिक्रि भएको छ । बलिउडका सिंघम अजय देवगन पनि फिल्ममा देखिदै छन् । उनले फिल्मको छायाँकन गत जनवरीमा सकाएका थिए ।

फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक मोसन पोस्टरमा आरआरआरलाई रोअर , राइज र रिभोल्ट भनिएको छ । गर्जन , उदय र विद्रोहको कथा रहेको फिल्म आउँदो जनवरी ८ मा रिलिज हुनेछ । यसको मोसन पोस्टरलाई ५ भाषामा रिलिज गरिएको छ । फिल्म हिन्दी , तामिल , तेलुगु , कन्नड र माल्यालम भाषामा रिलिज हुनेछ ।

तिन सय करोडको बजेटमा तयार भईरहेको फिल्मले स्याटेलाइट र डिजिटल राइट्स मार्फत नै आधा लगानी उठाएको छ । निर्देशक राजमौलीले जुनियर एनटिआरसँग पहिलो डेब्यु फिल्म ‘स्टुडेन्ट नम्बर १’ मा काम गरेका थिए । त्यसपछि उनले दोस्रो फिल्ममा पनि उनैसँग काम गरे । राजमौलीले राम चरणसँग भने एक मात्र फिल्म ‘मगाधिरा’ मा काम गरेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्