करणको ‘तख्त’ घोषणा

फिल्म । करण जोहर निर्देशनमा फर्किने भएका छन् । पछिल्लो समय ‘ए दिल है मुस्किल’ निर्देशन गरेका जोहरले अब ‘तख्त’ नामक फिल्म निर्देशन गर्ने भएका छन् । उनको यो फिल्म पिरियड ड्रामा हुनेछ । केहि समय अगाडी लोकेशन हेर्न टिम सहित निस्किएका करणले फिल्मको घोषणासँगै डेट पनि सार्वजनिक गरेका छन् । उनले भिडियो मार्फत फिल्म बन्ने घोषणा गर्दै यसलाई २४ डिसेम्बर २०२१ मा हेर्न पाउने घोषणा गरेका छन् । अर्थात यो आउँदो वर्षको क्रिसमसमा रिलिज हुनेछ ।

करणको निकै महत्वकांक्षी प्रोजेक्ट भनिएको यस्मा रणवीर सिंह , अनिल कपूर , विक्की कौशल , करीना कपूर खान , आलिया भट्ट , भुमि पेड्नेकर , जाहन्वी कपूर लगायतको कलाकारको लिड रोल रहनेछ । फिल्मलाई विभिन्न सेड्युलमा छायाँकन गरिनेछ । जस अन्तर्गत यसको पहिलो सेड्युल मार्चवाट सुरु हुनेछ । मल्टीस्टार कास्ट भएकोले यसलाई यो वर्षको अन्त्यसम्ममा छायाँकन सक्ने लक्ष्य राखिएको छ । फिल्म मुगल शाही परिवारको दुइ उतराधिकारी औरंगजेव र उनका भाइ शिकोहको कथामा आधारित छ । यी दुइ भाइले कुर्सिको लागि गर्ने संघर्षलाई यसमा देखाइनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्