ओलम्पिकमा अस्ट्रेलिया र क्यानडाबाट खेलाडी नपठाइने

विदेश । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण क्यानडा र अस्ट्रेलियाले जापानमा हुने ओलम्पिकमा आफ्नो खेलाडी नपठाउने भएका छन् । विश्व स्वास्थ्य संगठनले महामारीनै घोषणा गर्दै रोकथाममा लागिरहेको अवस्थामा आउँदो जुलाई र अगष्टमा जापान स्थित टोकियोमा हुने भनिएको ओलम्पिक स्थगित गर्नुपर्ने मागसमेत उठिरहेको छ । क्यानाडा र अस्ट्रेलियाले ओलम्पिक स्थगित नभएमा खेलाडी नपठाउने निर्णय क्यानडाले गरेको छ। क्यानडाको ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले खेलाडीको स्वास्थ्य ठूलो विषय रहेको भन्दै यो निर्णय गरेको हो ।

यसअघि विभिन्न देशको ओलम्पिक कमिटीले टोकियो २०२० ओलम्पिक स्थगित गर्नुपर्ने प्रस्ताव राख्दै आए पनि ओलम्पिक स्थगित नगरेका खेलाडी नपठाउने निर्णय गर्ने क्यानडा पहिलो राष्ट्र हो । यस्तै, अस्ट्रेलियाले पनि टोकियो ओलम्पिकमा खेलाडी नपठाउने निर्णय गरेको छ । त्यहाँको ओलम्पिक कमिटीले सर्वसम्मत रूपमा यो निर्णय गरेको हो । टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका छ । आइतबार मात्रै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले टोकियो ओलम्पिकबारे चार सातापछि अन्तिम निर्णय गर्ने बताएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्