देश । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण गरेपछि यतिबेला अस्पतालमै छन् । उनको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा भएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग कुराकानी गर्ने अवसर भएको भन्दै आफ्नो सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार आएको भन्दै छिट्टै काममा फर्किने बताएका छन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको छ।
कमेन्ट गर्नुहोस्










