धनकौलको किशोरमा कोरोना संक्रमण पुष्टि

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमित तराइमा बढ्दो छ । भारतसँग बोर्डर जोडिएको जिल्लामा लुकिछुपी आउने भएकाले पनि कोरोना संक्रमणको महामारी बढ्ने डर छ । यद्दपी स्थानीय प्रसासनले बोर्डरमा कडाइ भने गरेको छ । यसैबीच सर्लाहीको धनकौल गाउँपालिकाले क्वारेन्टाइनमा राखेका एक किशोरमा आरडिटी टेष्ट रिपोर्ट पोजेटिभ आएपछि गरिएको पिसीआर परिक्षणमा पनि उहिँ नतिजा आएको छ ।

गत वैशाख ५ गते दिउँसो आरडीटी किटमार्फत परीक्षण गर्दा १४ वर्षीय किशोरमा पोजेटिभ देखिएपछी उनलाई शुक्रबार साँझ नै प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । अस्पतालबाट डिस्चार्ज भइसकेका १४ वर्षीय किशोरमा संक्रमित पाइएपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

ती बालकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको हो । सर्लाहीको धनकौल गाउँपालिका ५ का यी बालक गत चैत २३ गते भारतको दिल्लीबाट आफ्नो घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

कमेन्ट गर्नुहोस्