आँचललाई उदीपको ‘रोज’

तस्वीर सौजन्य : कुवेर डंगोल

फिल्म । फेब्रुअरी महिनालाई प्रेमको महिनाको रुपमा लिइन्छ । किनकी फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ मनाइन्छ । यो डेटमा आफुलाई मन परेकोलाई आफ्नो मनको कुरा वा प्रेम व्यक्त गर्ने गरिन्छ । यस वर्षको भ्यालेन्टान विक आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ । भ्यालेन्टाइन विक ७ फेब्रुअरी देखि प्रारम्भ भएर १४ भ्यालेन्टाइन्स डेसम्म चल्ने छ । भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक-अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् ।

यसैले गर्दा पनि आज देखिको सप्ताह धेरैका लागि विशेष छ । यस्तै विशेष हुदैछ यो सप्ताह अभिनेत्री आँचल शर्माको लागि पनि । आँचलले प्रेमी डाक्टर उदीप श्रेष्ठसँग आउँदो फागुनमा लगनगाँठो कस्दै छिन । यसैले पनि यो प्रेमील जोडीले यो सप्ताहलाई विशेष रुपमा मनाउदै छन् । रोज डेमा आँचललाई उदीपले ‘रोज’ गिफ्ट गरेका छन् ।

राजधानी स्थित एक रेस्टुराँमा उदीपले आँचललाई रोज गिफ्ट गर्दै प्रेम व्यक्त गरेका हुन् । प्रेम दर्शाउनका लागि दिइने रातो गुलाफ दिदै उदीपले आँचलसँग प्रेम व्यक्त गरे । यो जोडी केहि समय यता प्रेममा छन् भने पारिवारिक सहमतिमा फागुनको अन्तिम साता विवाह गर्दैछन् । यी दुइको ‘रोज डे’ लाई फोटो पत्रकार कुवेर डंगोलले क्यामेरामा कैद गरेका हुन् ।

कमेन्ट गर्नुहोस्