संगीत । यतिबेला गायक अनिल सिंह एकाएक मिडियामा छाएका छन् । उनि मिडियामा छाउनुको कारण अनु केहि नभई उनकै संगीत सिर्जना हो । उनले आफुले सिर्जना गरेको संगीतको अधिकार नपाएको भन्दै उनले आवाज उठाएका हुन् । केहि समय यता सहमतिको लागि प्रयास गर्दा पनि त्यो कार्यन्वयन नभएपछी उनले फेसबुकमा आक्रोश पोख्न बाध्य भएका हुन् । ‘केहि पटक मौखिक सम्झौता नभएका पनि हैनन् तर त्यसलाई कार्यन्वयन गर्ने पक्षमा म्युजिक नेपाल देखिएन’ उनले भने ।
मौखिक रुपमा गरिएको सम्झौता कार्यन्वयन गर्ने पक्षमा नदेखिएपछी अनिलले फेसबुकमा आफ्नो बिचार राखेको समेत बताए । उनले आफ्नो गीतको विषयमा आइतबार मिटिङ गरेको थिएँ ।’उहाँहरुसँग सम्पूर्ण कुरा राखेपछि उहाँहरुले समय माग्नुभयो । उहाँहरुको तर्फबाट केही प्रतिक्रिया नआएपछि मैले फेसबुकमा १७ वर्ष अगाडिको भ्वाइस रेकर्डिङ र सँगै बस्दाको प्रमाण पनि राखें’ अनिलले बताए ।
नरेश भट्टराई, अर्जुन महर्जनको अगाडि राजेशसँग क्षतिपूर्तिको विषयमा सम्झौता भएता पनि त्यसलाई कार्यन्वयन गर्ने पक्षमा म्युजिक नेपाल देखिएन । ‘मेरो दुइ एल्बम’मेघाहर्ज’ एल्बम र ‘लिमिटेड अडिसन’को सबै अडियोको क्षतिपूर्ति दिने सम्झौता भएको थियो । भिडियोको अधिकार उहाँले राखेता पनि मैले पाउनुपर्ने रोयल्टी पनि बराबर बाँडियोस् भन्ने मेरो माग थियो । तर मागिएको समय २४ घण्टामा केहि प्रतिक्रिया नआएपछी म बाध्य भएको हुँ’ अनिलले भने ।
उनले आफ्नो र म्युजिक नेपाल बीच भएको सम्झौता च्यातेर आफुले अपराध गरेको भए त्यो भोग्न तयार रहेको समेत बताए । ‘म अपराधी हुँ भन्ने सजाय भोग्न तयार छु तर म अन्याय सहेर चुप लगेर बस्दिन’ उनले भने । उनले ‘प्रेमपत्र’ र ‘परी’सँग लिएर छलफल भइरहेको क्रममा आवेशमा आएर सम्झौता च्यातेका हुन् ।
उनले फेसबुकमार्फत म्युजिक नेपाल डटकमले आफ्ना गीत गैरकानुनी रुपले बिक्रीवितरण गरेको आरोप लगाएका छन् । ‘इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डटकम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर मेरा गीत बेचेका छन्’ उनकाे गुनासाे छ। उनले म्युजिक डटकमका सञ्चालक राजेश वंशलसँग सम्झौतामा भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन् । सम्झौतामा आफूले मेघाहर्ज एल्बमको सम्झौता पत्र च्यातिदिएको स्वीकार गर्दै थप लेखेका छन् ‘अबको २४ घन्टामा म आत्मसमर्पण गर्न चाहन्छु ।’ उनि बुधवार प्रहरी समक्ष पुग्ने समेत बुझिएको छ ।












