चकलेटी धिरजमा देखिएको सम्भावना

जयहोस् । पछिल्लो समय नेपाली फिल्ममा कलाकारको अभाव खड्किएको हो कि ? भन्ने पनि छन् । किनकी प्राय निर्देशन र निर्माताले फिल्मका लागि नयाँ अनुहार खोज्न थालेका छन् । कथा सुहाउदो पात्र खोजिने भएकोले पनि प्रायले नयाँलाई नै रोज्ने र खोज्ने गर्छन । त्यसो त पहिलो सोचाइ र प्रस्ताव अनमोल केसी , प्रदीप खड्कालाई नजाने कुरा नै भएँन , तर यी नाम अनुबन्धित नभइसकेपछी नयाँ नै सेलेक्ट हुन्छन । त्यसो त पछिल्लो समय चकलेटी फिल्मको लागि अनमोल र प्रदीपसँगै पल शाह , सलिनमान बनिया लगायत पनि रोजाईमा पर्ने गरेका छन् । यहि लिस्टमा नयाँ नाम धिरज मगर थपिएका छन् । भ्ल्गरको रुपमा चिनिएका धिरजले फिल्ममा डेब्यु गरिसकेका छन् । इन्टु मिन्टु लण्डनमा मार्फत शानदार इन्ट्री गरेका धिरज यतिबेला चकलेटी ब्वाईको रुपमा चिनिदैछन् । पछिल्लो समय लभ स्टोरी फिल्मका लागि चकलेटी ब्वाईको खोजिमा रहेका धेरै निर्माता तथा निर्देशकको आँखा उनिमा अडिएको छ । फिल्मको रिलिज अगाडी गीतसंगीत र ट्रेलर मार्फत गरिएको आशलाई धिरजले सम्भावनाको रुप दिएका छन् । उनि आउदा दिनमा अझै निखारिने प्रसस्त छनक फिल्म मार्फत देखाएका छन् । अभिनय ठीकठाक र चल्क्लेती लुक्स भएकै कारण धिरज मार्क भएका छन् । भ्ल्गगरको रुपमा देख्दै आएका उनलाई दर्शकले फिल्ममा रुचाए । फिल्म रिलिजपछी स्टार बन्दै गरेका उनि अब आउदा केहि फिल्मको लागि भने आइकोर फिल्म्ससँगै अनुबन्धित छन् । निर्देशक रिनाशा वान्तवा राई र निर्माता प्रभु शमशेर जबराले उनलाई आउदो प्रोजेक्टमा पनि अनुबन्धित गरिसकेका छन् । बुझिए अनुसार आफुले डेब्यु गराएको कलाकारलाई स्थापित गराउने सोचमा टिम रहेको छ । डेब्यु फिल्म मार्फत नै चकलेटी हिरोमा सम्भावना देखाएका धिरजले आउदा दिनमा यो क्रेजलाई घटाउछन् या बढाउछन् यो भने आउदा दिनले नै बताउनेछन् ।
कमेन्ट गर्नुहोस्