बलिउड आए विजय

फिल्म । सन् २०११ मा साउथ इण्डियन फिल्मनगरीमा उदाएका स्टार हुन् , विजय देवराकोण्डा । डेब्यु फिल्ममा त्यति धेरै चर्चा नभएता पनि उनले डेब्युको ५ वर्षपछी ‘पेल्ली छोपुलु’ मार्फत दर्शकको मन जिते । त्यसपछि उनको हातमा आयो ‘अर्जुन रेड्डी’ । त्यसपछि त उनले करियरको बारेमा सोच्नै परेन् । उनलाई एकपछि अर्को फिल्म अफर हुन् थाल्यो । पछिल्लो समय आउँदो भ्यालेन्टाइन डेलाई लक्षित गर्दै रिलिज हुने फिल्म ‘वर्ल्ड फेमश लभर’ को प्रमोसनमा व्यस्त रहेका विजय बलिउड प्रवेश गरेका छन् ।

केहि समय अगाडी ‘डियर कमरेड’ को बलिउड रिमेकमा देखिन गरेको करण जोहरको अफरलाई नकारेका विजयको नयाँ फिल्म हिन्दी भाषामा पनि निर्माण हुने भएको छ । हुन् त उनको पछिल्लो फिल्म ‘थलाभी’ पनि हिन्दी भाषामा आउदै छ । तर , उनको यो दसौ फिल्म भने हिन्दी मै निमाण हुनेछ । फिल्मलाई बलिउडको तर्फबाट करणले नै निर्माण गर्नेछन् । पुरी जग्गननाथको निर्माण तथा निर्देशन रहने फिल्मको टाइटल भने फाइनल गरिएको छैन । फिल्ममा पुरी र करणले संयुक्त रुपमा निर्माणको भूमिका निर्वाह गर्नेछन् ।

फिल्ममा राम्या कृष्ण र रोनित रोयको पनि अभिनय रहनेछ । निर्देशक पुरीको ३७ औ फिल्म रहेको यसमा विजयको एक्सन अवतारलाई दर्शकले देख्न पाउनेछन् । अर्जुन रेड्डीसँगै गीता गोविन्दम पनि विजयको ब्लकबष्टर फिल्म हो । यिनै फिल्म मार्फत उनले बलिउडमा पनि राम्रै फ्यान बनाउन सफल भएका छन् । अब , हेरौ उनलाई हिन्दी भाषामा कस्तो सुनिन्छ । साथै , दर्शकको कमेन्ट कस्तो हुन्छ !

कमेन्ट गर्नुहोस्