सम्पादकीय

नेपालको पत्रकारिता पछिल्लो समय आरोपबाट टाढा रहन सकेको छैन । त्यसैले , पैसामुखी भएको र पत्रकारिताका मूल्य मान्यताप्रति निरपेक्ष रहेको पत्रकारले खेपिरहेको आम आरोप हो । यस्ता आरोप चिर्नेसँगै सहि सूचना प्रवाह गर्ने दायित्व बोध गर्दै हामीले जय होस् डटकमलाई तपाई समक्ष लिएर आएका छौ । अनलाइन मिडियाको बाक्लो उपस्थिति भएता पनि ‘ब्रेकिङ्ग’ र ‘सेलिङ्ग’ न्युजको होडबाजीले निम्त्याउने स्थितिलाई समेत हामीले मनन् गर्दै स्वस्थ प्रतिष्पर्धा मार्फत पाठकको मनमा बस्ने प्रयास सदैव रहने नै छ । हामी कसैसँगको प्रतिष्प्रधा भन्दा पनि हाम्रो पाठक माँझ विश्वास कायम गर्ने उदेश्यका साथ् अगाडी बढ्दैछौ । आश गरेका छौ , तपाइको सोच अनुसार नै जय होस् अगाडी बढ्दै जानेछ । तपाई , हामी , सबैको जय होस् !
कमेन्ट गर्नुहोस्