घोषणासँगै छायाँकनमा ‘चालबाज’

फिल्म । मिरिकमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म ‘चालबाज’ को निर्माणको घोषणा गरिएको हो । छायांकन भोलीबाट दार्जिलिङबाट सुरु हुनेछ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा अरुण तामाङको लगानी तथा कैलाश राइको निर्देशन रहनेछ ।

नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधान, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ । सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहने फिल्म सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्