मुर्हुतसँगै छायांकनमा ‘हिजो आजका कुरा’

फिल्म । सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को शुभ मुर्हुतसँगै छायांकन सुरु गरिएको छ । कार्तिक २७ गते बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ मुर्हुतगर्दै एक्सन–कट सुरु भएको हो । फिल्मका निर्देशक साकार पन्तले फिल्मको ३५ दिने छायांकनको सेड्युल बनाएर मुहुर्त गरिएको बताए । फिल्मको पहिला काठमाडौंमा छायांकन हुने र त्यसपछि चितवनमा छायांकन हुने जानकारी गराइयो । फिल्मको मुर्हुतमा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा उपस्थित थिए ।

यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, दिव्यदेव पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्कीको मुख्य भूमिका रहनेछ । यी सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारीको पनि फिल्ममा रहनेछन् । ‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप किस्नाले गरेका छन् ।

कमेन्ट गर्नुहोस्