फिल्म । फिल्म ‘माछा माछा’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यही कात्तिक २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ । हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ को रिलिज डेटमा परिवर्तन भएपछी पछिल्लो समय धेरै फिल्मको डेट हेरफेर भएको छ । कात्तिक २२ मा रिलिज हुने यो फिल्मले दोस्रो हप्ता पनि हल कब्जा गर्ने सम्भावना देखेपछि निर्माण टिमले ‘माछा माछा’ को प्रदर्शन मिति तीन हप्ता पछाडि सारेको हो ।
फिल्ममा सौगात मल्ल , विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् भने यसलाई शिवराम श्रेष्ठले खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।










