कसको फिल्म गर्दैछिन् सुवेक्षा ?

फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मार्फत फिल्मनगरीमा उदाएकी सुन्दरी हुन् , सुवेक्षा खड्का । पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको क्रम बढ्दो छ । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै मध्यकी एक हुन् सुवेक्षा । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी उनलाई पहिले फिल्म अफर नगरिएको होइन तर डेब्यु ढिला गरिन् ।

नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुवेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् । सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुवेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । ‘मलाइ मिस नेपालमा सेकेन्ड रनरअप भए लगतै फिल्मको अफर आएको थियौ , केहीलाई भेटे अनि केहि कथा नसुनेको पनि होइन’ उनले भनिन् ‘मलाइ चित्त बुझ्दो कथा नआएकोले मैले फिल्म नगरेकी हु तर फिल्म गर्ने ईच्छा कहिँ कतै नभएको होइन ।’ उनले फिल्ममा आउनु तयारी गर्नु पर्ने भएकोले पनि केहि समय लागेको बताइन ।

‘हामी ब्युटीप्याजेन्टबाट सिधै फिल्ममा आउने भन्दा पनि आफुलाई सक्षम बनाएर आउदा राम्रो’ उनले भनिन् । डेब्यु फिल्मबाट सोच अनुसारको सफलता हात नपरेपछि केहि समय फिल्म भन्दा पर रहेकी सुवेक्षा नयाँ फिल्मको तयारीमा जुटेकी छिन् । उनले नयाँ फिल्ममा लिखित सम्झौता नभए पनि मौखिक रुपमा लगभग तय भएको बताइन । ‘लगभग तय छ तर केहि दिनमा सम्झौता गरेपछि टिमले नै जानकारी गराउने तय गरेका छौ’ सुवेक्षाले भनिन् ,’केहि समय रियालिटी शो संगै स्टेज कार्यक्रममा व्यस्त भए अब भने फिल्म गर्छु ।’ दसैँको किनमेलसंगै विभिन्न स्टेज शो मा व्यस्त रहेकी सुवेक्षाले लभ स्टोरी फिल्म गर्न लागेको बताइन । ‘पहिलो फिल्मबाट केहि सिक्ने अवसर पाए अब आउँदा दिनमा त्यो अनुभवको माध्यमले आफुमा निखारता ल्याउने प्रयास गर्नेछु’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्