फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले नेपालमा राम्रै व्यापार गर्यो । कोरियोग्राफीमा एउटा नाम बनाइसकेकी रेनाशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्मलाई युवापुस्ताले धेरै रुचाए । साम्राज्ञी आरएल शाहसँग धिरज मगरको डेब्यु रहेको फिल्मलाई ‘कलरफुल लभ स्टोरी’ भनियो । रेनाशाको फिल्म मेकिङलाई रुचाइयो । उनले फिल्मलाई बलिउड शैलीमै निर्माण गरेकी थिइन् । फिल्म सफा र कलरफुल अनि युवाको प्रेम । तर , अब उनि कथामा जोड दिन चाहन्छिन् ।
‘हामीले कथामा जोड दियौ भने नै हाम्रो ग्रोथ देखिन्छ त्यसैले मेहनत जारी छ’ उनले बताइन । दोस्रो फिल्म ‘आइ एम ट्वान्टी वान’ को तयारीमा रहेकी रेनाशाले कथामा निकै मेहनत गरिरहेकी छिन । ‘फिल्म सबै दर्शकलाई होस् भन्ने छ’ उनले भनिन् ,’अब दर्शकलाई हामीले लटरपटर फिल्म दिनु हुदैन ।’ उनले डेब्यु फिल्मबाट नै धेरै सिकेको बताउछिन् । ‘मैले पाएको दु:खले म भित्र परिपक्वता बढायो जस्तो लाग्छ’ यसपटक उनि शुटिङ अगाडी नै सम्पूर्ण तयारी पुरा गर्दैछिन् ।
म्युजिकल लभ स्टोरी लिएर दर्शकसामु आउँन लागेकी रेनाशाले लिड कलाकार धिरज मगर र जसिता गुरुङलाई तयारी समेत गराई रहेकी छिन् । धिरज र जसिता पनि पाएको क्यारेक्टरमा कमि नदेखियोस् भन्ने तयारीका साथ् प्रतिबद्ध छन् । ‘फिल्म हतार गरेर बनाएर केहि हुदैन , त्यसैले म जस्तै कलाकारलाई पनि मेहनत गराईरहेकी छु’ रेनाशाले भनिन् ।
रेनाशाको पर्खाइमा धिरज र जसिता पनि उत्तिकै मेहनत गरिरहेका छन । म्युजिकल डान्सिङ स्टोरी रहेको फिल्मकै लागि धिरज र जसिता केहि महिना यता डान्स सिकिरहेका छन् । उनीहरु आफुलाई डान्समा पर्फेक्ट बनाउन चाहन्छन । त्यसैले पनि फ्लोरमा जान हतार नगरी पाएको क्यारेक्टरलाई जिवन्त बानाउन मेहनतरत छन् । फिल्मलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गर्नेछन् ।










