‘छक्का पञ्जा ३’ ले तोड्यो सबै रेकर्ड

जयहोस् । प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ३’ ले राम्रो ब्यापार गरिरहेको छ । अघिल्ला सिरिज मार्फत यसै युनिटले बनाएको रेकर्डलाई तेस्रो सिरिजले तोडेको छ । दीपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा र यसको दोस्रो सिरिजले व्यवसायिक रिपोर्टमा बनाएको रेकर्डलाई उनकै फिल्मले तोडेको हो । कलेक्सनको तथ्यांक सार्वजनिक नभएता पनि यसले अघिल्ला फिल्म भन्दा बढी ब्यापार गरिसकेको वितरकहरुको भनाइ छ । साथै फिल्ममा जसरि दर्शकको चाप बढ्दो छ यसको आधारमा पनि फिल्मको लाइफटाइम ग्रस कलेक्सन २० करोड माथि पुग्ने अनुमान गरिएको छ । ‘छक्का पञ्जाले १२८ दिनमा गरेको ब्यापार यसको तेस्रो सिरिजले १७ दिनमै गरिसकेको छ , धन्यवाद दर्शकलाई यो मायाको लागि’ दीपाले भनिन । वितरकहरुले अनुमान गरेको यो रकम फिल्मले पुर्याएमा नयाँ रेकर्ड नै बन्ने पक्का छ । सोसल फ्यामिलीड्रामालाई दर्शकले रुचाइरहेका छन् । स्कुलमा राजनीतिले पार्ने प्रभावमा केन्द्रित फिल्मको लेखन दीपकराज गिरीले गरेका हुन् । फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , दीपिका प्रसाई , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , किरण केसी , जयनन्द लामा लगायतको अभिनय रहेको छ । गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्मले हालसम्म १६ करोडको आसपासमा ग्रस कलेक्सन गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्