संगीत । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ ।
प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।
कमेन्ट गर्नुहोस्










