संगीत । कमेरो इभेन्टस र रकडेल ब्वायजको आयोजनामा होली कार्यक्रम हुने भएको छ । एक पोस्टर सार्वजनिक गर्दै आयोजकहरुले मार्च १९ मा सिड्नीको ग्रयानभिल पार्क मेरिल्याण्डमा ‘सिड्नी होली फेस्टिभल’ हुन् लागेको जनाएका छन् ।
होली कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरु कालीप्रसाद बास्कोटा ,प्रकाश सपुत, ओशिन सिटौला , सुशान्त ठुले र डिजे नटकेस लगायतका कालाकर्मीहरूले प्रस्तुति दिनेछ। कोरोना भाइरसको महामारीका कारण दुई वर्षको अन्तरालमा हुने यस कार्यक्रम मार्फत सिड्नीवासी नेपालीले मनोरंजन पाउने विश्वास आयोजकको छ ।
हिमास ऐजुकेसन टाईटल स्पन्सर्ड र कंगारू ऐजुकेसन भिसा पार्टनर रहेको सिड्नी होली फेस्टिभलमा सिड्नीवासी नेपालीलाई होली मनाउन आयोजकहरुले निम्ता समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्











