ऋतिक र टाइगर पर्दामा मात्र एकसाथ

फिल्म । पछिल्लो समयको प्रतिक्षित फिल्म ‘वार’ को लाई कुर्ने नेपाली दर्शक पनि उत्तिकै छन् । किनकी हिन्दी फिल्मका दर्शकको लागि ऋतिक रोशन र टाइगर श्राफ एकसाथ देखिदैछन् । यसैले गर्दा पनि फिल्म प्रतिक्षित छ । एक अर्काको कपि मानिने ऋतिक र टाइगरको डान्स र एक्सन एक जस्तै मानिन्छ । साथै , यी दुइ फिट पनि उत्तिकै छन् । यसैले गर्दा पनि फिल्म प्रतिक्षित छ । यी दुइको गीत ‘जय शिव शंकरा’ सार्वजनिक भएसँगै फ्यानले आफ्नो प्रतिक्रिया दिन थालिसकेका छन् ।

गीत र ट्रेलरमा एकसाथ देखिएका ऋतिक र टाइगरलाई अब दर्शकले पर्दामा मात्र एकसाथ देख्न पाउनेछन् । फिल्मको प्रचारको क्रममा यी दुइसंगै नदेखिने भएका छन् । ‘वार’ मा एक्सन सुपरस्टार छन् र हामी दर्शकहरूले उनीहरूलाई पर्दामा मात्र एकसाथ हेरून भन्ने चाहन्छौ । उनीहरूले एकअर्कालाई टक्कर दिदांको मजालाई हामी खराब गर्न चाँहदैनौं’, निर्देशक सिद्धार्थ आनन्दले भने।

यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘वार’ लाई दर्शकले आउँदो अक्टुबर २ मा हेर्न पाउने छन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा लिड एक्ट्रेस वानी कपूर छिन् । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्