‘वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो)

संगीत । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन् । यसै सिलशिलामा गायिका बुनु श्रेष्ठले पनि नयाँ तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । गायिका श्रेष्ठ र शीलु अधिकारीको स्वर रहेको ‘ वर्ष दिनको तीज’बोलको तीज गीत सार्वजनिक गरिएको छ ।

रंगपत्रकार शान्ति प्रियको शब्द रहेको यसगीतमा संगीत सन्तोष श्रेष्ठ रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् । गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदि बहिनि मिलेर रमाइलो गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । सबिन भट्टराईको छायांकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् । यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्ड फुर्वा तामांगले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्