फिल्म । पछिल्लो समय ‘प्रेम गीत ३’ मा जोडिएसँगै दर्शकसामु चर्चित छन्, मनिष राउत । बिशेष गरी उनको लुक्सबाट दर्शक प्रभावित छन् । फिल्मको सार्वजनिक फस्टलुक्समा दर्शकले उनलाई नोटिस गरेको अनुमान उनको सोसल मिडियाबाट लगाउन सकिन्छ । यसैबीच मनिषलाई ब्रान्ड एम्बेसडर बनाउँदै एक क्लोथिङ्ग ब्राण्ड आउने तयारीमा रहेको छ । ‘डक्टर डेनिम’ (DR.DENIM) नामक उक्त ब्राण्डले भदौ महिनामा देखी बिक्रि शुरु गर्ने उक्त ब्राण्डका सुमन गौतमले बताए । पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिम’ (DR.DENIM) नामक ब्राण्डले मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको ‘डक्टर डेनिम’सँग पाँच बर्षको लागि उनि आवद्द भएका हुन् । ‘म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि फिल्ममा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ’ मनिष भन्छन् ‘मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’डक्टर डेनिम (DR.DENIM) लाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने मनिषले बताए ।
‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर बने मनिष

कमेन्ट गर्नुहोस्