यो वर्ष रनबीरको फिल्म नआउने

फिल्म । बलिउड अभिनेता रनबीर कपूरलाई दर्शकले यो वर्ष पर्दामा देख्न नपाउने भएका छन् । गत वर्ष फिल्म ‘सञ्जु’ मा देखिएका रनबीरले दर्शकलाई अब सन् २०२० मा मात्र भेट्नेछन् । किनकी उनि पछिल्लो समय साइन गरेका प्रोजेक्टमा निकै व्यस्त छन् । करण जोहरको निर्माण तथा आयन मुखर्जीको निर्देशनमा तयार भईरहेको फिल्म ‘ब्रहमास्त्र’ को छायांकन लम्बिएपछि रनबीरले समय म्यानेज गर्न सकेका छैनन् ।

उनले केहि समयपछि यशराज फिल्म्सको ‘शम्सेरा’ मा पनि अभिनय गर्दैछन् । यसमा उनले डकैतको कथालाइ पेश गर्नेछन् । यी फिल्ममा व्यस्त भएकै कारण यतिबेला रनबीरले अन्य फिल्मलाई समय दिन सकिरहेका छैनन् । संवत उनि आउँदो वर्ष दुइ फिल्म लिएर दर्शक सामु आउनेछन् । यस खबरले उनका फ्यानलाई दुखि भने पक्कै बनाउनेनै छ । तर रनबीरले ‘ब्रहमास्त्र’ को दुइ सिरिजनै एकै पटक शुटिंग गरिरहेकोले पनि समय म्यानेज गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्