फिल्मीखबरले मनायो दशौं वार्षिकोत्सव

फिल्म । नेपालमा प्रविधिको विकाससंगै प्रचारको शैली फेरिएको छ । दशक अगाडी टिभी र पत्रिकाको भरमा पर्ने प्रचार शैली यतिबेला अनलाइनको मध्यमले सहज र सरल भएको छ । नेपाली फिल्मको गतिविधि समेट्ने वेवसाइट फिल्मीखबर डटकमले आफ्नो स्थापनाको दशौं वर्ष पार गरिसकेको छ । विक्रम संवत २०६६ साल जेष्ठ २६ गते सञ्चालनमा आएको अनलाइन फिल्मीखबर डटकमले आफ्नो दशौं बार्षिकोत्सव आइतवार एक कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।

केक काटेर सेलिब्रेसनसँगै फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिने पत्रकारहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान पनि गरिएको छ । यस अनलाइनले कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल (अन्जान), बिवेक बस्याललाई चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हातबाट कदर पत्र प्रदान गर्‍यो ।

हाल फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान र फोटोग्राफर बस्याललाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै, युवराज निरौला (दमक), सञ्जोक बस्याल (पोखरा), रेम बिक (पोखरा), अर्पण ढकाल (धरान), मणिराज गौतम (हेटौंडा), प्रदीप कार्की (सर्लाही), कृष्ण न्यौपाने (दमौली), श्याम सुन्दर गिरी (चितवन), बिष्णु शाही (नेपालगञ्ज) लाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

उपस्थीत चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले फिल्मीखबर डटकमलाई सफलताको शुभकामना दिँदै अझ परिस्कृत र परिमार्जित गर्दै अगाडि लैजान सुझाव दिए । कार्यक्रममा निर्देशक दीपा बस्नेत, निर्माता माधव वाग्ले, गायक तथा निर्माता अर्जुन कुमार, निर्माता तथा कलाकार सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, कलाकार निर्मल शर्मा , लेखक प्रदीप भारद्वाजलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

हाल अमेरिकामा रहेका फिल्मीखबर डटकमका सम्पादक तथा प्रकाशक सुमन गैरेले सम्पादकियमार्फत् अनलाइनलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मीखबर मिडिया प्रा.लि.की निर्देशक मञ्जु गैरेले सहयोगी सम्पूर्णलाई धन्यवाद दिइन् ।

कमेन्ट गर्नुहोस्