यस्तो छ टाइगरको ‘फस्ट डे’ कलेक्सन रिपोर्ट

16 Shares

फिल्म । बलिउडमा फिट एक्टरको रुपमा चिनिने टाइगर श्राफ डेब्यु फिल्म ‘हिरोपन्ती’ मार्फत नै आफ्नो डान्स र एक्सनको कारण चर्चामा आए । एक्टर ज्याकी श्राफको छोरा टाइगरले छोटो समयमै आफ्नो पहिचान स्थापित गरे । अभिनयमा कम्जोर रहेका टाइगर डान्स र एक्सनमा उत्तिकै अब्बल छन् । उनि अभिनित फिल्ममा दर्शक यसैलाई हेर्न रुचाउछन् । उनले अभिनय गरेको फिल्ममा बागी सिरिज एकदमै सफल मानिन्छ । किनकी यसको पहिलो सिरिजले ११. ९४ करोडको ब्यापार फस्ट डे मा गर्न सफल भएको थियो भने यसको सिक्वेलले २५.१० करोडको ब्यापार गरेको थियो ।

टाइगरको डे फस्टमा गरेको ब्यापारमा यो सबै भन्दा बढी हो । उनको यो कलेसनलाई हेर्ने हो भने उनले विस्तारै आफ्नो दर्शक बनाउदै छन् भन्दा फरक नपर्ला । किनकी यो कलेक्सन अक्षय कुमार , शाहरुख खान , जोन अब्राहम बराबरको हो । सन् २०१४ मा हिरोपन्ती मार्फत बलिउडमा इन्ट्री गरेका टाइगरले आफुलाई मसला हिरोकै रुपमा अगाडी बढाउदैछन् । यिनको डेब्यु फिल्म हिरोपन्तीले डे फस्टमा ६.६३ करोडकको मात्र व्यापार गरेको थियो । किनकी उक्त समयमा उनको पहिचान ज्याकीको छोरा मात्र थियो ।

त्यसपछि उनले सन् २०१६ मा अभिनय गरेको फिल्म बागीले ११.९४ करोड र अ फ्ल्याईङ जट्टले ७.१० करोडको ब्यापार पहिलो दिन नै गरेको थियो । डेब्यु फिल्मको तुलनामा यी दुइको ब्यापार नै माथि थियो । त्यसपछि उनले अभिनय गरेको फिल्महरु सन् २०१७ मा मुन्ना माइकलले ६.६५ करोडको ब्यापार गरेपछि सन् २०१८ मा आएको फिल्म ‘बागी २’ ले २५.१० करोडको ब्यापार गर्दै रेकर्ड नै बनायो ।

यो उनको डे फस्ट अहिलेसम्मकै रेकर्ड हो । पछिल्लो समय उनि अभिनित फिल्म स्टुडेन्ट अफ द इयर २ प्रदर्शनमा आएको छ । यसले पहिलो दिन १२.60 करोडको व्यापार गरेको छ । यो टाइगरको दोस्रो बिग ओप्निङ हो । धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मले राम्रो प्रतिक्रिया नपाएको कारण यसले त्यस्तो ठुलो ब्यापार गर्न सकेको छैन । टाइगर अब बागीको तेस्रो सिक्वेलको तयारीमा जुटेका छन् ।

Facebook Comments