होस्टेल ब्याक अगेन निर्माण हुने

फिल्म । ‘होस्टेल’ र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । यसलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ । फिल्मको छायाँकन अमेरिकामै गरिने तयारी निर्माण पक्षको छ । फिल्मलाई यस सिरिजका निर्माता सुनिल रावलले निर्देशन गर्नेछन् । हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिँदै छ । आफुले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् ।

फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । आगामी अगस्टबाट छायाँकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । पछिल्लो समय फिल्मनगरीबाट टाढिएका सुनिलले यस सिरिजको लोकप्रियता आफ्नो तेस्रो सिरिजबाट फर्काउन सक्छन कि सक्दैनन् यो भने समयले नै बताउनेछ । किनकी उनको प्रोडक्सनबाट निर्माण हुने फिल्मले बिस्तारै लोकप्रियता गुमाउँदै गइरहेको छ ।

कमेन्ट गर्नुहोस्