प्रियंकाले रोजिन् निर्देशक

फिल्म । अभिनेत्री प्रियंका कार्की फिल्म निर्माणमा आउदैछिन् । यसै वर्षको अन्त्यसम्ममा फ्लोरमा जाने गरि काम गरिएता पनि अन्तत फिल्म अर्को बर्षबाट सुरु हुने भएको छ । उनि ब्याक टु ब्याक अन्य प्रोजेक्टमा बिजी भएपछी आफ्नो होम प्रोडक्सनबाट निर्माण हुने फिल्मलाइ नेक्स्ट ईयरको लागि सारेकी छिन । तर उनले फिल्मको काम भने अगाडी बढाईरहेकी छिन ।

उनले निर्माणमा निर्देशक साम्तेन भुटियासँग सहकार्य गर्दैछिन् । ‘मलाइ साम्तेनको काम निकै मन पर्छ’ प्रियंकाले फिल्म निर्माण बारे जानकारी दिदै भनिन् ‘उँहाले क्यारेक्टरलाई जसरि बुझ्नुहुन्छ त्यो निकै राम्रो छ तर अब कमर्सियल तरिकाले सोच्नु पर्छ भन्ने दबाब दिएकी छु ।’ प्रियंकाले संवत निर्देशनको अभिभारा साम्तेनलाई सुम्पिएकी छिन ।

साम्तेले पनि सहकार्यलाई नकार्न सकेनन तर यो वर्ष प्रोजेक्ट सुरु नहुनसक्ने बताए । ‘हामी दुवै आ-आफ्नो काममा व्यस्त छौ त्यसैले संवत अर्को वर्ष हाम्रो प्रोजेक्ट सुरु हुनेछ’ साम्तेनले अब आफुले कमर्सियल फिल्मलाई अगाडी बढाउने बताए । उनले फिल्म लेटर मार्फत डेब्यु गरेका हुन् भने त्यसयता तान्द्रो , साढे सात , अनागत , सुस्केरा लगायत निर्देशन गरिसकेकाछन् ।

कमेन्ट गर्नुहोस्