फिल्म । पछिल्लो समय बलिउडमा शाहरुख खानको समय ठिकठाक चलिरहेको छैन । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘जिरो’ पनि बक्स अफिसमा सफल हुन् सकेन । यसकारण पनि शाहरुख सफलताको लागि डटिरहेका छन् । उनले पाएको स्टारडम विस्तारै गुम्दैछ । उनले यसबीच आफुलाई विभिन्न फिल्ममा प्रयोग पनि नगरेका होइनन् , तर सफलता हात पार्न सकेनन् । दिलवालेपछी उनले बलिउडमा सफलता पाउँन सकेका छैनन् । फ्यान , रइस मात्र होइन इतियाज अलिको निर्देशकमा तयार भएको जब ह्यारी मेट सजल र आनन्द एल रायको निर्देशनमा तयार भएको ‘जिरो’ ले पनि सफलता दिलाउन सकेन ।
त्यसपछि शाहरुखले के गर्ने भन्ने सोचमा छन् । यसबीच उनले आफ्ना पुराना निर्देशक संजयलीला भन्सालीसँग नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । फिल्मलाई शाहरुख र संजयले मिलेर निर्माण गर्नेछन् । तर फिल्ममा शाहरुखको अभिनय र संजयको निर्देशनको भने टुङ्गो लागिसकेको छैन । यी दुइ बीच सहकार्य हुने खबरले फ्यान हर्षित भएका छन् । अब हेरौ देवदास जस्तो हिट फिल्म दिएका संजय र शाहरुखले अर्को फिल्मसँगै ल्याउछन् कि नाई । (एजेन्सी)