नयाँ ब्राण्ड ‘जात्रा’ सिरिज

29 Shares

फिल्म । निर्देशक प्रदीप भट्टराईलाई निर्देशनमा डेब्यु गराउने मात्र नभई स्थापित नै गराउने श्रेय जान्छ , जात्रालाइ । यसकै सिक्वेल जात्रै जात्रा गत शुक्रबारबाट दोस्रो सतामा प्रदर्शनरत छ । ‘वर्ड अफ माउथ’ बलियो भएपछी दोस्रो सातामा प्रवेश गर्दा पनि फिल्म हेर्ने दर्शकको चाप घटेको छैन , झन्डै बढ्दो छ । एक्लै फिल्म हेरेका दर्शकले फ्यामिली लिएर हल पुगिरहेका छन् , यसैले गर्दा पनि फिल्मको ब्यापार बढ्दो छ । समिक्षक र दर्शक दुबैले रुचाएको फिल्मले ९ दिनमै ५ करोड ग्रस कलेक्सन गरेको वितरण संस्था स्टेसन फाइभले जनाईसकेको छ ।

फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । उनले अघिल्लो जात्राको कथालाई सुन काण्डसँग जोडेर वस्तुसंगत प्रस्तुत गरेका छन् । सामान्य व्यक्तिले अचानक सुन पाएपछि आउने परिस्थिति र त्यसलाई आफ्नो बनाउन गर्ने संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् । फिल्मले ‘अफ डे’ मा पनि गरिरहेको व्यापार हेर्दा यसले अझै राम्रो गर्ने संकेत दर्साएको छ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका प्रदीप भट्टराईले तेस्रो फिल्म मार्फत पनि दर्शकको मन जित्दै ह्याट्रिक गरेका छन् । जात्राबाट प्रारम्भ गरेको यात्रा उनले शत्रु गते हुँदै जात्रै जात्रासम्म ल्याउँदा पनि दर्शकको विस्वास घट्न दिएका छैनन् , बढ्दो छ ।

नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समिक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर , निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याएका छन् । पहिलो फिल्म मार्फत विश्वास बनाउन सफल प्रदीपले दोस्रो फिल्म मार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तर , शत्रु गतेमा प्रदीपले आफ्नो लय विर्सेको भन्दै केहिले आलोचना पनि गरे । ‘मलाइ आलोचना पनि प्यारो थियो तर मैले उक्त कथामा गर्न सक्ने काम गरेको हु , जात्रा शत्रु गते थिएन् र शत्रु गते जात्रा होइन’ प्रदीप भन्छन् ‘यसपटक हामीलाई लगानी भन्दा पनि आउने प्रतिक्रियाको निकै चिन्ता थियो ।’ दुइ फिल्म मार्फत दर्शकको मन र बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाएका निर्देशक भट्टराईले दर्शकको सन्तुष्टिलाई ठुलो सफलताको रुपमा लिन्छन् ।

‘हामीले दर्शकको विश्वासमा आफुलाई सफल बनाउने कोसिस गरेका थियौ , जसमा ग्रीन सिङ्गनल पायौ ।’ त्यसो त उनले जात्रा सिरिजलाई नेपालमा ब्राण्डकै रुपमा समेत स्थापित गरेका छन् । ‘जात्रा’ दर्शकले पाएको सर्प्राइज र फिल्मको टेस्टलाई सिक्वेलमा बढाउनुले नै यसले आउँदो दिनमा झनै राम्रो गर्ने अनुमान लगाउन सकिन्छ । छक्का पञ्जा , नाइँ नभन्नु ल लगायतका सिरिज नेपालमा स्थापित छन् , यसमा थपिएको छ ‘जात्रा’ सिरिज । यसले दर्शकलाई सिक्वेलमा खोट लगाउने ठाउ पनि छाडेको छैन । ‘हामीले फिल्मलाई इमान्दारिता पूर्वका बनाएका हौ र त्यो मेहनतले हामीलाई सफलता दिलाउदैछ’ निर्देशक भट्टराईले भने । फिल्म स्वदेशमा मात्र होइन , विदेशमा पनि हाउसफुलका साथ् प्रदर्शन भइरहेको छ । ‘यसले विदेश रहेर नेपाली फिल्मलाई माया गर्ने र प्रदर्शन गर्न चाजोपाजो मिलाउने सबैलाई खुसि बनाएको छ , उनीहरुको मुस्कान पनि हाम्रो सफलता हो’ उनले भने । आफ्नो फिल्मसंग जोडिएका सबै सफल भएमा मात्र आफु सफल हुने उनको ठम्याई छ । प्रदीप आफ्नो टिमसंगै अष्ट्रेलिया यात्रा सकेर नेपाल फर्किने तरखरमा छन् ।

अष्ट्रेलियाको अधिकांस स्टेटमा फिल्मले दर्शकको मन जितिसकेको छ भने व्यापारिक रुपमा नयाँ रेकर्ड बनाउने तरखरमा छन् । निर्देशक भट्टराईले यो सफलताले आउँदा दिनमा अझै जिम्मेवारी थपेको बताए । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, बर्षा राउत , प्रियंका झा , राजाराम पौडेल लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

Facebook Comments