सात हप्ताको लागि अमेरिका पुग्दैछन् आमिर , थाले नयाँ काम !

बलिउड । आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको छ । केहिले यसलाई राम्रो भनिरहेका छन् भने केहिले यसलाई आमिरकै करियरको झुर फिल्म समेत भनेका छन् । यसैले गर्दा आमिर भने चर्चामा छन् । यिनै आमिरले पछिल्लो फिल्मलाई कन्टेन नभई विसुद्ध मनोरंजनको रुपमा हेर्न आग्रह गरेका छन् ।

उनले भारतीय मिडियालाई आफ्नो प्रतिक्रिया दिदै यसलाई मनोरन्जनात्मक रुपमा तयार गरेको बताएका छन् । फिल्मको रिलिजपछी आमिर वेव सिरिजको तयारीमा लागेका छन् । उनले अन्तत महाभारतको वेव सिरिज बनाउने निर्णय लिएका छन् । उनले यस सम्बन्धमा परामर्श गर्नको लागि हलिउडका भीएफएक्स आर्टिस्टलाई समेत भेट्दैछन् । यसका लागि आमिर झन्डै अमेरिकामा सात हप्ता बस्दैछन् ।

उनले एउटा टिम निर्माण गर्नेछन र यसलाई सिजनको रुपमा दर्शक समक्ष ल्याउनेछन् । उनले हरेक सिजनको निर्देशन फरक राख्ने निर्णय समेत गरेका छन् । आमिर भीएफएक्ससँगै मेकअप आर्टिस्ट र ड्रेस डिजाइनरसँग समेत भेटघाट गर्दैछन् ।

कमेन्ट गर्नुहोस्