बालबालिकाको तीन नाटक मञ्चन

7 Shares

फिल्म । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् । यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक प्रस्तुत गरे । राराहिल मेमोरियल स्कुलसगको सहकार्यमा पुनः स्थापित थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख अथित्यता र विभिन्न स्कुलका प्रधानाध्यापक तथा बालसाहित्यकारहरुको आतिथ्यतामा उनीहरुले अभिभावकमाझ आफ्ना नाट्य प्रस्तुति दिएका हुन् । बाल रंगमञ्चको अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेज २०७५ को चैत २० बाट सुरु भएको थियो ।

बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउ“दै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भएका थिए । जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वतृत्व लगायतका क्रियाकलापमा पनि भएका थिए ।

‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० देखि हुने कार्यशाला २०७१ सालदेखि नियमित हु“दै आएको छ । कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रंखला ‘चियाको रमाइलो’ पनि वमोचन गरिएको थियो । लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणा लगायतका अतिथिहरुले विमोचन गरेका हुन् ।

५ देखि १४ वर्षसम्मका बालबालिका सहभागी थिएटर ग्यारेजमा उमेर समूह अनुसार छुट्टाइएको तीन समूहले छुट्टाछुट्टै नाटक मञ्चन गरेका हुन् । ती मध्ये ‘सुपरम्यान सपना’ले एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरुलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हि“डेको सपनालाई नाटकमा उतारिएको थियो । बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरुको सुपर पावर रहेको भाव नाटकमा देखाइएको थियो ।

त्यस्तै अर्को नाटक ‘बाई बर्डी’ ले सहरी परेवेशको व्यस्थतामा अभिभावकबाट प्रयाप्त समय नपाएको एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीस“गको सापिप्यतालाई दृश्यमा उतारिएको थियो । आफ्ना अभिभावकको समय नपाउ“दा घरपालुवा पप्पी र घरमा आइपुगेको घाइते परेवास“गको जोडिएको सम्बन्धलाई नाटकले उठान गरेको थियो ।

तेस्रो नाटक ‘करेसाबारी जडिबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिहरुको सम्मेलन आयोजना गरिएको थियो । सो नाटकीय सम्मेलनमा विभिन्न मानवीय चरित्र बोकेका तरकारीहरुले आफ्नो विशेषता र गुणहरुलाई रमाइलो तरिकाले बयान गरेका थिए । तरकारीहरुले मानिसको स्वास्थ्यलाई राम्रो बनाइराख्न मदत गर्दै आएको कुरा उनीहरुले सम्मेलनमा बताएका थिए । यी नाटकहरुलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरु केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका हुन् । साथमा सबीर चुरौटे, अरुण पौडेल, सुजन महत र सुजिता महर्जनले सघाएका थिए ।

Facebook Comments