फिल्म । नेपाली फिल्ममा पछिल्लो समय व्यापारलाई बढाउने श्रेय जान्छ , दीपकराज गिरी र उनको टिमलाइ । उनीहरुले निर्माण गरेको फिल्मले नेपाली फिल्ममा ‘यतिसम्म पनि व्यापार हुन्छ र ?’ भन्ने प्रश्न पनि पैदा गर्न सफल भएको थियो । ‘६ एकान ६’ मार्फत फिल्म निर्माणमा भित्रिएका दीपकले पछिल्लो समय ‘छ माया छपक्कै’ सम्म आइपुग्दा सफलता बढाई रहेका छन् । अर्थात् उनि हरेक फिल्ममा सफल छन् ।
हाँस्य टेलिसिरियल छाडेर फिल्ममा हात हालेका उनले एकपछि अर्काे फिल्ममा सफलता हात पारेका छन् । यिनैले पछिल्लो समय नेपाली फिल्मको व्यापारका अवस्था कन्तविजोग रहेको उल्लेख गर्दै व्यंग गरेका छन् । पछिल्लो समय फिल्मले हलमा व्यापार गर्न छाडेपछि उनले व्यग्यात्मक स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । व्यंग्यात्मकशैलीमै फिल्मी क्षेत्रको व्यापार अहिले सुनसान रहेको बताएका हुन् ।
डेटिङ जान खुला स्थान चाहिएर हलमा जान युवाहरुलाई आह्वान गरेका गिरीले फेसबुकमा लेखेका छन्, ‘केटा केटीहरू डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ?आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ । हरिबिजोक डटकम !’ यद्दपी उनले यस्तो लेख्न हुने या नहुने भन्ने बहस पनि उनकै कमेन्टमा चलिरहेको छ । उनले तीतो यथार्थ त उल्लेख गरे तर कतै यसमा उनको घमण्ड त छैन ? भन्ने पनि छन् । किनकी उनको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्ममा दर्शक लगभग सुनसान छन् भने केहि विदेशी फिल्म बाहेक अन्यको पनि अवस्था फरक छैन ।











