श्रद्धाको जन्मोत्सवमा ‘साहो’ को नयाँ भिडियो

जयहोस । पछिल्लो समय साउथका स्टार प्रभास अभिनित भएकै कारण प्रतिक्षित फिल्मको सुचीमा रहेको ‘साहो’ को नयाँ मेकिङ भिडियो सार्वजनिक भएको छ । ‘शेड्स अफ साहो’ को नाम सहित निर्माण टिमले यसलाई सार्वजनिक गरेको छ । एक्टर प्रभासको जन्मोत्सवमा ‘शेड्स अफ साहो’ फस्ट सार्वजनिक गरेको निर्माण टिमले श्रद्धा कपूरको जन्मोत्सवमा यसको दोस्रो भाग सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोले फिल्मलाई झनै प्रतिक्षित बनाउनेमा निर्माण टिम विश्वस्त छ । भिडियोमा श्रद्धा पुलिस अफिसरको भूमिकामा छिन भन्ने प्रस्टिन्छ भने उनको दमदार एक्सन देखाइएको छ ।

एक्सनको लागि प्रयोग गरिएको क्राउड लोभ लाग्दो छ भने टेक्निसियन पनि विदेशी नै छन् । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो अगस्ट १५ मा रिलिज हुदैछ । यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्