फिल्म । अभिनेता सलमान खान बलिउडमा कयौको गडफादरको रुपमा परिचित छन् । उनले थुप्रै नयाँ अनुहारलाई डेब्यु गराईसकेका छन् । फिल्म ‘हिरो’ मार्फत आदित्य पंचोलीको छोरा सुरज पंचोली र सुनिल शेट्टीको छोरी आथिया शेट्टीलाई बलिउडमा डेब्यु गराएका सलमानले पछिल्लो फिल्म ‘लभ यात्री’ मार्फत आफ्नै ज्वाई आयुष शर्मासँग वारिना हुसैनलाई डेब्यु गराए ।
यिनै सलमानको प्रोडक्सनमा तयार नयाँ फिल्म ‘नोटबुक’ मार्फत पनि दुई नयाँ अनुहार बलिउडमा डेब्यु गर्दैछन् । यसफिल्ममा उनले आफ्नो बाल्यकालको साथी इकवालको छोरा जहिर इकवाललाई एक्टरमा डेब्यु गर्दैछन् भने अर्का साथी मोहनिश बहलकी छोरी प्रणुतन बहललाई डेब्यु गराउदैछन् । यसलाई नितिन ककड़ले निर्देशन गर्नेछन् भने यसलाई दर्शकले २९ मार्च २०१९ मा हेर्न पाउनेछन् । केहि दिन अगाडी मात्र फिल्मको पोस्टर सार्वजनिक गरेका सलमानले यसको गायकमा हेरफेर गरेका छन् ।
उनले फिल्मको एक गीतबाट गायक अतिफ असलमलाई निकाल्दै आफैले उक्त गीत गाउने निर्णय लिएका छन् । उनको यो निर्णयलाई गत फेब्रुअरी १४ मा भएको पुलावा घटनासँग पनि जोडिएर हेरिएको छ । सलमान मात्र होइन यस घटनापछी पाकिस्तानमा फिल्म नचलाउने निर्णय अजय देवगनले गरिसकेका छन् । उनको नयाँ फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज हुनेछैन ।










